बुद्ध एयरले १९ औँ एटिआर जहाज भित्र्याएको छ। नयाँ आएको जहाज एटिआर–७२ हुन्। यससँगै एटिआर–७२ जहाजको सङ्ख्या १६ पुगेको छ।
नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पु¥याई डिसेम्बर महिनाको अन्त्यबाट उडान सेवामा ल्याइने बुद्ध एयरले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।
बुद्ध एयरले कल साइन ढल्–बाइन् जहाज फ्रान्सको एटिआर कम्पनी, तुलुसबाट भित्र्याएको छ।
बुद्ध एयरसँग ३ वटा एटीआर–४२–३२० र १६ वटा एटिआर–७२–५०० जहाजहरु रहेका छन्। बुद्ध एयरले केही समय अगाडी मात्रै एउटा एटिआर–४२–३२० जहाजलाई उडानबाट बिदाइ गरेको थियो। त्यस जहाजको डिरजिष्ट्रेशन प्रक्रियामा रहेको छ।
हवाई उडानलाई सहज र सरल बनाउने प्रतिबद्धता अनुरूप बुद्ध  एयर आफ्नो बेडामा नयाँ जहाज थप गरेको हो। बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले – ‘सहज भाडासँगै उडान सङ्ख्या उल्लेख्य वृद्धि भए अनुरूप यात्रुहरु आफ्नो समय अनुकूल उडान भर्न सक्ने’ जनाएका छन्। हामी उडान तालिकालाई बढिसे बढी प्रभावकारिकाताका साथ सञ्चालन गर्न प्रतिबद्ध रहेका छौँ, – उनले थपे।
थपिएको जहाजले नियमित मर्मत सम्भारमा पनि सहयोगी हुने कम्पनीले जनाएको छ। बुद्ध एयरले आन्तरिकतर्फ अहिले दैनिक १४० भन्दा बढी उडान भरिरहेको छ। अन्तर्राष्ट्रियतर्फ काठमाडौँबाट भारतको वाराणसी साताको ३ दिन उडान भरिरहेको छ। यसैगरी, पोखराबाट चितवन, भैरहवा तथा नेपालगन्जको उडान पनि भरिरहेको छ।