नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले विराटनगर किंग्सविरुद्ध पावरप्लेमा ५६ रन बनाएको छ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको लुम्बिनीले ६ ओभरको खेल सकिँदा एक विकेट गुमाएर ५६ रन बनाएको हो।
लुम्बिनीबाट हाल क्रिजमा रहेका कप्तान रोहितकुमार पौडेलले १२ र अर्जुन साउदले १२ रन बनाएका छन्।
त्यसअघि लुम्बिनीले चौथो ओभरको पहिलो बलमा आशुतोष घिरैयालाई रनआउटको रूपमा गुमाएको हो। ननस्ट्राइकमा रहेका आशुतोष रन लिन अघि बढेको स्थितिको फाइदा उठाउँदै विराटनगरका निकोलस किर्टोनले उत्कृष्ट ‘थ्रो’ गर्दै रनआउट गरे।