चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। बुधबार रास्वपा सभापति रवि लामिछानेलाई बयानका लागि सरकारी वकिलको कार्यालय लैजाने क्रममा रविका समर्थकले जिल्ला प्रहरी कार्यालय चितवन अगाडि प्रदर्शन गरेका थिए।
रविका समर्थक सरकारविरुद्ध नाराबाजीमा उत्रिएर प्रहरीमाथि नै ढुंगामुढा गरेका थिए। प्रहरीले स्थिति नियन्त्रणमा लिन केही सेल अश्रु ग्याससमेत प्रहार गरेको छ।
चितवनस्थित सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचतकर्ताको रकम अपचलन गरेको आरोपमा रविलाई बयान लिन मंगलबार काठमाडौंबाट चितवन लगिएको थियो।