मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.८० अंकले बढेको छ। नेप्से ०.६४ प्रतिशतले बढेर २७७५.८५ विन्दुमा पुगेको छ।
आज नेप्से बढ्दा ८ अर्ब ५२ करोड १२ लाख १९ हजार रुपैयाँ बराबरको १ करोड ८१ लाख ६० हजार ६३४ कित्ता शेयर कारोबार भएको छ। १४२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९७ वटा कम्पनीको शेयर मूल्य घटेको छ। ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर हरेको छ।
बजार खुल्ला रहँदासम्म ३०७ वटा कम्पनी कारोबारमा आउँदा ८८ हजार ७७५ पटक शेयर कारोबार भएको छ। यस्तै, ६ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने अपर साइना हाईड्रोपावरको शेयर मूल्यमा भने नकारत्मक सर्किट लागेको छ।
१३ वटा समूह मध्ये ७ वटा समूह बढेको छ भने ६ वटा समूह घटेको छ। सबैभन्दा बढी ट्रेडिङ समूह ५.९६ प्रतिशतले बढेर ५ हजार ३६२.३४ विन्दुमा पुगेको छ। आज सबैभन्दा कम उत्पादन तथा प्रशोधन ०.०६ प्रतिशतले बढेर ६ हजार ८०४.२६ विन्दुमा पुगेको छ।
त्यस्तै, फाइनान्स १.३९ प्रतिशतले, हाइड्रोपावर १.८५ प्रतिशतले, जिवन बीमा १.५२ प्रतिशते, म्युचुअल फण्ड ०.३७ प्रतिशतले र अन्य समूह ०.२७ प्रतिशतले बढेको छ।
आज सबैभन्दा बढी होटल तथा पर्यटन समूह १.७१ प्रतिशतले घटेर ७ हजार १४०.६४ विन्दुमा पुगेको छ भने विकास बैंक ०.३७ प्रतिशतले, लगानी ०.४१ प्रतिशतले, लघुवित्त ०.३२ प्रतिशतले र निर्जीवन बीमा ०.५२ प्रतिशतले घटेको छ।
