नेपाल प्रिमियर लिग (एनपीएल) मा मङ्गलवार भएको पहिलो खेलमा विराटनगर किङ्सले हार व्यहोर्नु परेको थियो। यो विराटनगरको लगातार दोस्रो हार थियो।
खेल पश्चात् सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै विराटनगर किङ्सका कप्तान सन्दिप लामिछानेले आउने खेलहरुमा अहिले भएका गल्तीहरुलाई सुधार गर्ने कोसिस गर्ने बताएका छन् ।
उनले जे जस्तो भएपनि हार नमानेको र अर्को खेलमा राम्रो प्रदर्शन गर्ने आशा गरेको बताएका छन्।
उनले भने, ‘आउने खेलहरुमा अहिले भएका गल्तीहरुलाई सुधार गर्ने कोसिस गर्छौ। मैँले आफैँले सोचेको कुरा पनि पूरा गर्न सकेको छैन। अब आउने खेलमा राम्रो गर्ने सोच छ। प्रेसर त छ तर ठिकै छ, टिमले राम्रो नै खेलेको हो अझै राम्रो गर्नु हुन्छ भन्ने आशा छ।’
आजको टस जितेर पनि विराटनगरले खेलमा राम्रो प्रदर्शन गर्न सकेन। यता अर्को टिम सुदूरपश्चिम रोयल्सले पहिलो खेलबाट नै जितको सुरुवात गरेको छ। टस हारेर पनि सुदूरपश्चिमले राम्रो रन लिन सफल भएको छ।
यस्तै, सुदूरपश्चिमका कप्तान दिपेन्द्रसिंह ऐरीले सबैको साथ भएमा आगामी खेलहरु पनि राम्रो गर्ने भन्दै खुसी व्यक्त गरेका छन्।
उनले भने, ‘हामीले १५० रनभन्दा मार्थी गयौँ भने जित्न सक्छौ भन्ने सोच बनाएर आएका थियौँ। हामीले अन्त्यमा गएर राम्रो तरिकाले खेल्न सक्यौ र जित्यौँ। हामीलाई यसै गरी साथ दिने हो भने अगामी दिनहरूमा अझै राम्रो खेल्ने आशा राखेको छु।’