भोजपुरको हतुवागढी गाउँपालिका २ घोडेटारमा ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ।

कावा खोलाबाट पराल बोकेर लुङगिनतर्फ आउँदै गरेको को २ त ७२६८ नम्बरको ट्याक्टरमा सवार रहेका कामदार स्थानीय २२ वर्षीय एक्सन भुजेल ट्याक्टरबाट लड्दा सोही ट्याक्टरको चक्काले किचेर घटनास्थलमै मृत्यु भएको हो।

ट्याक्टर चालक सोही स्थानका २८ वर्षीय सुमन सार्कीलाई इलाका प्रहरी कार्यालय घोडेटारले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।