सिख धर्मावलम्बीहहरुका गुरु नानक पातशाह (गुरु नानकदेवजी)को जन्म परम्परागत हिन्दु समाजमा भएको हो । भारतको पंजाबस्थित करतारपुरमा जन्मिएर उहाँले सत्कर्मको प्रवद्र्धन गर्नुभएको हो । करतारपुर अहिले पाकिस्तानमा पर्छ । छुट्टै धर्मका रुपमा सिखलाई प्रवद्र्धन एवम प्रचार गर्दै उहाँले विश्वमा नयाँ नयाँ जीवन उपयोगी उपदेशहरु छर्नुभयो । गुरु नानकदेवजीको मूल सन्देश भनेको शिक्षा वा चेतना फैलाउनु नै हो । सिखिज्मको जुन परम्परा गुरु नानक देवजीबाट चलेको हो । उहाँको मुख्य उपदेश भनेको आफ्नो हकको कमाई गरेर खाने, मेहेनत गर्ने र नामजप्ने हो ।
गुरु नानकदेवजीले जातभात सबै हटाएर मानव जातको उपदेश दिनुभयो । उहाँले सबैलाई समेटेर र एकमुष्ठ गरेर सबैलाई एउटै आँखाले हेर्नुभयो । मानव जात भनेको नै एउटै जात हो भन्ने उहाँको उपदेश थियो । मानवले जुन धर्ममा जन्म लिएको छ त्यही धर्मलाई साकार गरेर,त्यही धर्मलाई राम्रो मानेर त्यही धर्मको उपदेश दिनु नै सिखको मुल उद्देश्य रहेको उहाँले नै स्थापित गराउनुभएको कुरा हामीले पढेका छौं । उहाँले हिन्दुु र मुस्लिम अतिवादको चपेटामा परेको समाजलाई मुक्ति दिलाउन हरहमेसा प्रयास जारी राख्नुभयो । ओमकार परिवार भित्रको सिख धर्मावल्मी नेपालमा १५ शताब्दी देखि अर्थात पाँच सय बर्षअघि देखि नै रही आएको विश्वास गरिन्छ ।
भगवानसँगको विश्वासभन्दा आफ्नो कर्ममा धेरै विश्वास गर्नुपर्ने ज्ञान बाँड्नुभएका गुरुले अहंकार, क्रोध, लोभ, आशक्ति र अभिलाषालाई जीवन बर्बाद गर्ने कारक ठान्नुहुन्छ ।
उहाँको जन्म बैशाखमा भयो कि कात्तिकमा भयो भन्ने विषयमा अझै अन्योलता छ । तर हामी अधिकमास र तिथिको संयोग मिलाएर जन्मदिन कात्तिकमा मनाउँदै आइरहेका छौं । कात्तिकको पूर्णिमामा गुरु नानक देवजीको जन्मदिन मनाउँछौ । कतिले वैशाखमा मनाउने भन्ने गरेका छन तर पुरातन इतिहास अनुसार कात्तिकको पूर्णमालाई हामीले मनाएका हौं । असमानता, छुवाछुत र अस्वभाविका गतिविधि मौलाएको नाजुक समयमा नै गुरु नानकले आध्यात्मिक चेतनालाई मूलधारमा ल्याउन प्रयास गर्नुभएको हो । गुरु नानक जन्मेको खुसीमा अखण्ड पाठ भने राख्दै आएका छौं । नानकले जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको सुरुवात गरेकाले नानक जयन्तीका दिन गुरु गन्थ साहिब पाठ गर्ने परम्परा छ । उहाँको उपदेश वा ग्रन्थ सुनेको भरमा हुदैँन् त्यो ज्ञान प्राप्त गर्नको लागि पढ्नै पर्ने हुन्छ । त्यो वाणिबाट हामीलाई ज्ञान आउँछ । ५५५ औं गुरु नानक जयन्ती हिन्दु र सिख समुदायका लागि मत्र नभइ सबै धर्ममा उहाँले ढोका खोल्नु भएको छ ।
गुरु नानकले जो मलाई परमेश्वर वा भगवान भनेर मेरो पूजाअर्चना गर्छन तिनीहरु सबैभन्दा ठूलो पापको भागिदार हुन्छ भनेर भन्नुभएको कुरा यतापनि खबर पठाएको हो । गुरु नानकको जन्मभएको बेला धेरै पाप बढेको थियो र उहाँले सबै स्थानमा भ्रमण गरेर ज्ञान, वाणिको उपदेश दिनुभएको थियो । काठमाडौंमा हाम्रो अहिले ६ वटा मठ छन् । पशुपतिनाथमा पनि छ । मुख्य मठ गुरु नानक मठ बालाजुमा र ज्ञानेश्वरमा छ गुरु नानकको नेपाल प्रवेशका विषयमा इतिहासमा धेरै हेरफेर गरेको देखिन्छ । पटना, मोतिहारी भएर नेपाल छिर्नुभएछ भनेर पनि भन्छन् । कसैले पञ्जाब भएर भगवानको नाम जपेर कस्मिर जानुभयो पनि भन्छन् । तर उहाँ कस्मिरबाट तिब्बत जानुभयो ।
तिब्बतबाट नेपालमा आउनुभयो भनेर अहिलेसम्मको इतिहासमा छ । गर्न त सबैले आ–आफ्नो धर्म प्रचार प्रसार गर्छन । तर, गुरु नानकले आफ्नो भन्दा पनि आफ्नो धर्म गुरुको प्रचार गर्नुभयो । सिखहरुमा महिलाको विषयमा सकुनीको समयमा अर्थात सकुनी भन्दा पहिले नै गुरु देवले मातालाई सम्मान दिनुभएको रहेछ । दुवैलाई सम्मान दिएपनि मातालाई अलिक धेरै सम्मान दिएको पनि पाइन्छ । उहाँले आमालाई धेरै नै मानसम्मान दिएको पाइन्छ । गुरु नानकका दुई जना छोराहरु हुनुहुन्थ्यो । जेठो छोराको नाम श्रीचन्द्रजी हो । जतिपनि अखडा छ श्रीचन्द्रजी अखडा भने चिनिन्छ । अर्को छोराको नाम लक्ष्मी चन्द्रजी हो । उहाँहरु ठुलो तपस्या गरेका छोराहरु थिए । गुरु नानकजीले पछि गुरु अंगददेवलाई गद्दी दिनुभयो । पछि अमरदास, रामदास लगायतलाई गद्दी दिनुभयो । परिवार र सम्बन्धका कुराहरु एकातिर रहेपनि नानक एक बाल्यकालदेखि नै अनौठो र रोचक किसिमका व्यक्ति रहेको इतिहासमा उल्लेख छ । सिख धर्मावलम्बीहरुका लागि महत्त्वपूर्ण तीर्थस्थल नेपाल रहेको भएपनि पछिल्लो समय सिखहरु पलायन हुनेक्रम पनि सुरु भएको छ ।
व्यापार र व्यवसायमा देखिएको गिरावटले उनीहरुले नेपाल छाडेको बुझिन्छ । सिख धर्म अनुसार अनेक कार्यक्रमको आयोजना गरी गुरू नानकलाई सम्झिइने गरिन्छ । कुपण्डोलको गुरुद्वारामा हामी विशेष कार्यक्रम गर्दैछौं ।
ेशमा बिजुली निर्यात गर्ने भएको छ ।
गएको असोज १७ मा भएको त्रिपक्षीय सम्झौताअनुसार शुक्रवार सरकारले ४० मेगावाट बिजुली बंगलादेशलाई बिक्री गर्ने भएको हो ।
सम्झौताअनुसार भारत हुँदै बिजुली बंगलादेशमा पठाउन लागिएको हो ।
नेपालले हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म बङ्गलादेशलाई बिजुली बिक्री गर्ने सम्झौतामा छ । नेपालले हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म मात्रै बिजुली बेच्न पाउनेछ ।
बङ्गलादेशलाई बिजुली बेच्दा कुल ५ महिनामा १ लाख ४४ हजार मेगावाट बिजुली निर्यात भइ मुलुकलाई प्रतिमहिना करिब ३३ करोड रुपैयाँ आम्दानी हुने प्राधिकरणले जनाएको छ ।
नेपालका उर्जा जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्कासहित भारत र बङ्गलादेशका उर्जा मन्त्रीले दिउँसो पौने १ बजे संयुक्त रुपमा स्वीच थिचेर बिजुली निर्यातको उद्घाटन गर्ने छन् ।