नेपाल स्टक एक्सचेन्ज (नेप्से) १४.४३ अंकले घटेर बन्द भएको छ।

यस साताको अन्तिम कारोबारका दिन बुधबार नेप्से परिसूचक १४.४३ अंकले घटेर २६७७.६२ को विन्दुमा अडिएको हो।

यसदिन बजारमा १ करोड २० लाख ६९ हजार ८७८ कित्ता शेयरको खरिदबिक्री हुँदा ५ अर्ब ९५ करोड ३९ लाख ५० हजार रुपैयाँको कारोबार भएको छ।

अघिल्लो दिन मङ्गलबार मात्रै नेप्से परिसूचक ४६.६९ अङ्कले बढेर २६९२.०५ को विन्दुमा बन्द भएको थियो। आज यस साताको अन्तिम कारोबार हो। अब शेयर कारोबार भाइ टीकापछि कार्तिक २० गते खुल्ने छ।

साताको पहिलो कारोबारका दिन आइतबार नेप्से परिसूचक ९.१९ अङ्कले घटेर २६१७.९५ को विन्दुमा बन्द भएको थियो। यस दिन बजारमा १ करोड ११ लाख ३४ हजार १७८ कित्ता शेयरको खरिदबिक्री हुँदा ४ अर्ब ७३ करोड २४ लाख ७८ हजार रुपैयाँको कारोबार भएको थियो। 

त्यस्तै, साताको दोस्रो कारोबारका दिन सोमबार नेप्से परिसूचक सोमबार २७.४१ अङ्कले बढेर २६४५.३६ को विन्दुमा अडिएको थियो।

यस दिन बजारमा १ करोड ४ लाख १८ हजार ९२६ कित्ता शेयरको खरिदबिक्री हुँदा ५ अर्ब ३४ करोड ४८ लाख रुपैयाँको कारोबार भएको थियो।

साताको तेस्रो कारोबारका दिन मङ्गलबार नेप्से परिसूचक ४६.६९ अङ्कले बढेर २६९२.०५ को विन्दुमा अडिएको थियो।

यस दिन बजारमा १ करोड ३३ लाख ७३ हजार ४८१ कित्ता शेयरको खरिदबिक्री हुँदा ६ अर्ब १२ करोड ८२ लाख ६४ हजार रुपैयाँको कारोबार भएको थियो।

आज यस साताको अन्तिम कारोबार दिन १४.४३ अंकले घटेर २६७७.६२ को विन्दुमा बन्द भएको छ।