दाङमा बालिका बलात्कारको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवान रेवन पचभैया मगरले हिरासत कक्षमै आत्महत्या गरेका छन्।
गत असोज २४ गते दाङको भालुवाङमा बालिका बलात्कारको आरोपमा पक्राउ परेका मगरले आज बिहान वडा प्रहरी कार्यालय घोराहीको हिरासत कक्षको शौचालयमा आत्महत्या गरेका हुन्।
प्यूठानको बडडाँडा घर भएका उनी सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बर हेटक्वाटर भालुवाङमा कार्यरत थिए।
आरोपित पचभैयासहित अर्का एक जनालाई केही दिनअघि प्रहरीले पक्राउ गरेको थियो। उनीहरूविरुद्ध दाङ–देउखुरी जिल्ला अदालतमा ७ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको थियो।