एभ्रेष्ट वुमन्स भलिबल लिग (इडब्ल्युभिएल) मा चितवन शक्तिले पहिलो हार बेहोरेको छ । चितवनले काठमाडौँ स्पाइकर्ससँग ३–१ ले पराजय बेहोरेको हो ।

राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा भएको खेलमा चितवनले पहिलो हार बेहोरेको हो । काठमाडौँले चितवनलाई २१–२५, २५–१०, २५–२२ र २५– १७ ले हरायो ।

पहिलो सेटमा जित निकालेको चितवन पछिल्ला तिन सेटमा भने टिममा तालमेल मिल्न नसक्दा कमजोर देखियो । 

पहिलो सेटमा सुरुवाती अग्रता बनाएको काठमाडौँले बिचमा मोमेन्टम बिग्रान पुग्यो । जसको फाइदा चितवनले उठायो । पहिलोे सेटको बिचमा पुग्दा चितवनले १५–१० ले अग्रता बनायो । काठमाडौँले पछ्याउँदै १९–२१ को अवस्था बनायो । पहिलो सेट भने चितवनले २५–२१ ले आफ्नो पक्षमा पार्यो । 

दोस्रो सेटमा पनि काठमाडौँले ८–४ ले अग्रता बनायो । सुरुवाती अग्रतालाई निरन्तरता फराकिलो जित निकाल्दै २५–१० ले जित निकाल्यो । 

तेस्रो सेटको सुरुवातमा चितवनले मोमेन्टम समात्न नसकेको जस्तो लिन सकेन । काठमाडौँ ले दोस्रो सेट जस्तै उत्कृष्ट लय सँगै तेस्रो सेट पनि जित्यो । काठमाडौँले २५–२२ मा सेट जित्यो । 

चौथो सेटमा पनि चितवनमाथि दब्दबा बनाउँदै काठमाडौँले जित निकालेको हो । 

आज काठमाडौँको खेलमा निकै सुधार देखियो । चितवन भने पहिलो खेलमा गण्डकीसँग जस्तो खेल्न सकेन । जसको फलस्वरुप काठमाडौँले आजको खेल जितेको हो । चौथो सेटमा २५–१७ हराउँदै काठमाडौँले पहिलो जित हात पारेको छ । 

चितवनले आफ्नो तेस्रो खेल भोली (बुधवार) मधेश युनाइटेडसँग खेल्नेछ । 

चितवन भोलीको खेलमा आज भन्दा राम्रो प्रदर्शनसहित जितको खोजीमा मैदान उत्रिनेछ ।