“६९ औँ प्रहरी दिवस २०८१” को अवसरमा कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
कोसी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङको अध्यक्षतामा असोज १५ गते विराटनगर महानगरपालिका-९ स्थित ट्राफिक चोकमा भएको रक्तदान कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिला वल्लभ अधिकारीले रक्तदाता कोसी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले र कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाललाई ब्लड ब्याग हस्तान्तरण गर्नु भई कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। 
2कार्यक्रमलाई सम्बोधनको क्रममा वहाँले प्रहरीले शान्ति सुरक्षाका साथै जनताको साथी भएर निरन्तररुपमा सामाजिक कार्यहरु गर्दै आइरहेकोमा आयोजित यो रक्तदान कार्यक्रम ज्वलन्त उदाहरण रहेको बताउँदै रक्तदान जीवन दान भन्दै यस्ता पुनित कार्यको लागि अग्रणी स्थानमा रहेर देश र जनताको सेवा गर्ने नेपाल प्रहरीलाई हार्दिक कृतज्ञताका साथ धन्यवाद व्यक्त गर्नु भयो। उहाँले मानवीय सेवामा सहयोग पुर्‍याउनु हुने रक्तदाताहरुलाई प्रशंसा पत्र समेत प्रदान गर्नुभएको थियो। नेपाल प्रहरी अस्पताल इनरुवा सुनसरी र नेपाल रेडक्रस सोसाईटी विराटनगरको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा नेपाल प्रहरी र सर्वसाधारण समेत गरी ६८ जनाले रक्तदान गरेका थिए। 
5उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, प्रहरी उपरीक्षकहरु लगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुका साथै सञ्चारकर्मीहरू समेतको उपस्थिति रहेको थियो।