मोरङको विराटनगर बसपार्क स्थितमा यात्रु सहायता कक्षको समुद्घाटन भएको छ। असोज १५ गते विराटनगर बस पार्कमा आयोजित एक कार्यक्रमका बीच कोसी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले चाडपर्वको समयमा यात्रुलाई सहज र सुरक्षित यात्राका लागि यात्रु सहायता कक्षको समुद्घाटन गर्नु भएको छ।
यात्रु सहायता कक्षको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै उहाँले प्रहरी चौबिसै घण्टा पहिचान भई शान्ति सुरक्षा प्रदान गर्दै आइरहेकोमा विशेष गरी चाडपर्वको समयमा मानिसहरूको आवतजावत बढी हुने हुँदा सुरक्षाको लागि थप प्रहरी परिचालन गरिनुका साथै बसपार्कहरुमा यात्रु सहायता कक्षको स्थापना गरिएको बताउनु भयो।

उद्घाटन कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल लगायत प्रहरी उपरीक्षकहरु तथा प्रहरी अधिकृतहरु, स्थानीय जनप्रतिनिधि, यातायात व्यवसायी, यातायात मजदुरहरुका साथै सञ्चारकर्मीहरू समेतको उपस्थिति रहेको थियो।
कोसी प्रदेशका जिल्लाहरुका विभिन्न स्थानमा पहिलो दिन ३७ स्थानमा यात्रु सहायता कक्षको स्थापना भएको छ।
यात्राका क्रममा यात्रुहरुलाई कुनै प्रकारको असहज, असुरक्षित महसुस भएमा वा सामान छुटेमा नजिकैको यात्रु सहायता कक्ष अथवा प्रहरीको हटलाइन नम्बर १०० र ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा सम्पर्क गर्न हुन समेत सूचित गरिन्छ।