निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरुको सात दिनको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको छ।
आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद सापकोटाका अनुसार अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी पहिरोको क्षतिबाट पीडितहरुलाई राहत प्रदान गर्न सहयोग पुर्‍याउने उद्देश्यले उक्त निर्णय भएको हो।
त्यस्तै, आयोगका सचिव, सहसचिव लगायत सम्पूर्ण कर्मचारीहरुलाई स्वेच्छिक रुपमा सहयोग तथा सहायता प्रदान गर्न आव्हान गर्ने निर्णय समेत भएको छ।