काठमाडौँ जेसिजले आयोजना गर्ने ‘मिस टिन नेपाल २०२४’ मा २० जना प्रतियोगीले सहभागिता जनाउने भएका छन्।  
आयोजक काठमाडौँ जेसिजले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै १९औँ संस्करणको ‘मिस टिन नेपाल, २०२४’का लागि तीन चरणको अडिसनबाट २० जना प्रतियोगी छनोट भएको जानकारी दिएको हो। 
मिस टिनमा सहभागी हुन योग्य १६ देखि १९ वर्ष उमेरसम्मका किशोरीहरु छनोट भएको काठमाडौँ जेसिजकी अध्यक्ष एञ्जिला खड्काले बताइन्। 
उनका अनुसार देश भरीका योग्यतम किशोरीहरूले अडिसनमा सहभागी हुन पाउने छन्। विभिन्न कलेजका विद्यार्थीहरू सहभागी हुने छन्।
प्रतियोगितामा प्रथम हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्ने उनले बताए। विजेताले मिस नेपालको प्रतियोगितामा स्वतः सहभागिता जनाउन पाउने खड्काले जानकारी दिइन्।