प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता भएका छन्।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी भएर उनी आज (सोमबार) अपरान्ह स्वदेश फर्किएका हुन्।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीहरू प्रकाशमान सिंह, विष्णुप्रसाद पौडेललगायतले स्वागत गरेका थिए।