मोरङको छुट्टाछुट्टै स्थानमा तीन जनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार खोलाले बगाएर ल्याउँदै गरेको र डुबेको अवस्थामा उनीहरुको शव फेला परेको हो। 

कानेपोखरी र ग्रामथानमा दुईजना पुरुष फेला परेका हुन् भने विराटनगरको सिङ्घिया खोलामा बगाउँदै गरेको अवस्थामा एक महिलाको शव फेला परेको मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए। 

कानेपोखरी गाउँपालिका-४ खोरीयामा डाँस खोलाले बगाएर ल्याउँदै गरेको अवस्थामा पथरीशनिश्चरे नगरपालिका-८ का ७५ वर्षीय लाखबहादुर राईको शव फेलामा परेको हो। 

त्यस्तै, ग्रामथान गाउँपालिका-६ का ३५ वर्षीय सत्यनारायण भगतको शव घरनजिकैको पैनीमा भेटिएको छ। उनी माछा मार्न गएकोमा बेपत्ता भएका थिए। विराटनगरको सिङ्घियामा भेटिएको शवको पहिचान खुल्न बाँकी रहेको छ। 

शवलाई पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगरमा राखिएको छ।