मोरङको केराबारी गाउँपालिका ८ खदम खोला स्थितबाट १५ वटा ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । असोज १० गते बेलुका ६ बजे इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले खदम खोलाबाट अबैध रुपमा नदिजन्य पदार्थ ढुंगा उत्खनन् गर्दै गरेको अवस्थामा को २ त ८३४६, को २ त ९९२७, को २ त ७५५४, को १ त ५३८०, को २ त २०३२, को २ त ७९१२, को २ त ७८९७, को २ त ६९४०, को २ त ८३१९, को १ त ४५८३, को १ त ८७२२,  प्र १-०२ ००३ त २७१२, प्र १-०२ ००३ त १८८१, प्र १-०२ ००३ त २८३९  र  प्र १-०२ ००३ त ०७८७ नम्वरको ट्रयाक्टरहरुलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएका उक्त ट्रयाक्टरहरुलाई आवश्यक कारवाहीको लागी केराबारी गाउँपालिकाको कार्यालयमा बुझाईएको छ ।