उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पर्यटन वर्षलाई सरकारले अनुकुल वातावरणमा बनाउन नसकेको बताएका छन्।

शुक्रवार ज्वेलरी एक्सपो २०२४ को उद्घाटन गर्दै मन्त्री भण्डारीले नेपाल पर्यटनको  एउटा महत्वपूर्ण गन्तव्य भएपनि सरकारले उच्च प्राथमिकताका साथ पर्यटन वर्षलाई मनाउन नसकेको बताएका हुन् ।

उनले भने, ‘नेपाल पर्यटनको एउटा महत्वपूर्ण गन्तव्य हो । यसमा सरकारले उच्च प्राथमिकताका साथ हरेक वर्षलाई पर्यटन वर्षको रुपमा मनाउने तर त्यसका लागि वातावरण अनुकुलन बनाउन सकेको छैन । यस्तो प्रतिकुलतालाई हामीले अनुकुलतामा बदल्न पर्नेछ । पर्यटनको गन्तव्य बनाउनुपर्ने छ । व्यवसायिकता, आइटी, ऊर्जा, एग्रिकल्चर क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेर आन्तरिक र  बाह्य लगानीको वातावरण सिर्जना गर्न सरकार प्रयत्नशिल हुनुपर्छ ।’

साथै उनले उत्पादन र उद्यमशिलता जस्ता हरेक कुराहरु सरकारको प्राथमिकतामा रहेको बताए । उनले नेपालका युवा र महिलाहरुको उद्यमशिलता र व्यवसायिकताको लागि नविकतम सोच र चिन्तनलाई सरकारले सम्बोधन गर्न खोजेको बताए ।