लगातारको मुसलधारे वर्षाका कारण देशका केही मुख्य नदीहरूमा बाढीले खतरा तह पार गरेको छ । 

जल तथा मौसम विज्ञान विभागको बाढी पुर्वानुमान महाशाखाले कोसी, बबई, मेची, नारायणी, केसलीया लगायतका १३ वटा नदीहरुमा पानीले सतर्कता तह पार गरेको भन्दै चेतावनी जारी गरेको छ । 

विभागले ती नदीहरूको आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । 

त्यस्तै कन्काई नदीको मैनाचुली र कमला नदीको वेलसोत क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । 

बाढीले खतरा तह पार गरिसकेकाले नदी तटिय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन विभागले आहवान गरेको छ ।