मोरङको ग्रामथानमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार करेन्ट लागेर ग्रामथान गाउँपालिका–२ का ५० वर्षीय जगदीश सरदारको बुधवार दिउँसो मृत्यु भएको हो। आफ्नै घरमा बिजुलीको तार जोड्ने क्रममा दिउँसो १ बजेतिर करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।