भारतका चर्चित व्यक्ति ‘डली चायवाला’ काठमाडौँको बहुचर्चित पर्यटकीय गन्तव्य स्काइवाक आइपुगेको छ।  
बिहीबार उनलाई स्काईवाकमा एक विशेष भेटघाट कार्यक्रमको लागि बोलाइएको हो। उनी एक साता नेपालमा रहने जनाइएको छ। 
डली चायवाला भारतको विभिन्न सहरहरूमा आफ्नो अनौठो शैली र व्यक्तित्वका कारण चर्चित छन्। उनी आफ्नो व्यवसाय मात्र नभई सामाजिक सञ्जालमा पनि अत्यन्तै लोकप्रिय छन्। उनी गत सोमबार बेलुकी झापाको काँकडभिट्टा हुँदै नेपाल आएका थिए।
उनले बिहीबार बिहान पर्वतीय उडान पनि भरेका थिए। यती एयरलाइन्सको जहाजबाट उनले सगरमाथा, गौरीशङ्कर हिमशृङ्खलाको अवलोकन गरेपछि सामाजिक सञ्जालबाट नेपालका आकर्षक गन्तव्यको प्रचारप्रसार गर्ने प्रतिबद्धता पनि जनाएका छन्। 
                             
         
         
                     
         
         
         
                                        
                                                                                                


 
         
         
         
        

















 
         
         
        