सङ्खुवासभाको मकालु गाउँपालिका–३ समाटारमा आज ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। 

खाँदबारी किमाथांका सडक खण्डको वरुणबाट खाँदबारी आउने क्रममा ट्रयाक्टर भीरबाट खस्दा त्यसमा सवार दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो। 

मृत्यु हुनेमा खाँदबारी नगरपालिका–८ विश्नेधाराका चालक किरण श्रेष्ठ र सहचालक उदित श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए।

ट्रयाक्टर भीरबाट करिब तीन सय मिटर तल अरुण नदीमा खसेको थियो। नदीले बगाएको उक्त ट्रयाक्टरको नम्बर प्लेट खुल्न नसकेको प्रहरीले जनाएको छ।