ताप्लेजुङमा भूकम्प गएको छ। राति १२ बजेर ८ मिनेट जाँदा ताप्लेजुङ आसपास केन्द्र बनाएर भूकम्प गएको हो।

४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। यसअघि गएको शुक्रबार बझाङको गडराय केन्द्र बनाएर ३.७ म्याग्निच्युडको भूकम्प गएको थियो।