आर्थिक क्षेत्रमा पुनर्जागरण ल्याउन सहयोग पुर्याउने रणनीतिक कार्ययोजना बनाउदै नेपाल चेम्बर अफ कमर्स लुम्बिनीको कार्यशाला सम्पन्न भएको छ ।

सरकार संगको सहकार्यमा नीजी क्षेत्रलाइ सबल र सक्षम बनाएर  मात्र समृद्ध नेपालको परिकल्पना साकार पार्न सकिने निष्कर्ष निकाल्दै चेम्बर लुम्बिनीले आगामी ३ बर्षे कार्ययोजना तय गरेको छ । 

३ बर्षे रणनीति अन्तर्गत चेम्बरले अन्तर्राष्ट्रिय चेम्बरहरुसङ्ग सम्बन्ध विस्तार गर्दै लुम्बिनीको समग्र औद्योगिक विकासका लागि नीतिगत पहल गर्न विभिन्न कार्ययोजना तय गरेको छ । 

त्यस्तै लुम्बिनी प्रदेशमा चेम्बरको संख्या एक सय पुर्याउने, साना तथा मध्यम व्यवसायिहरुलाइ व्यवसाय प्रबर्द्धन र व्यवस्थापन सम्बन्धि तालिम दिने, प्रदेशका उत्पादनहरुको बजारीकरणका लागि प्लेटफर्म तयार गर्ने, परम्परागत मेला तथा महोत्सवहरुलाई परिवर्तन गरेर बहुउपयोगी र आकर्षक बनाउने कार्ययोजना बनाएको छ ।

मुलुकमा उत्पादन भएका गुणस्तरीय वस्तुहरुको निर्यातका लागि अन्तर्राष्ट्रिय चेम्बरहरुको सहकार्यमा व्यवसायिहरुलाइ सहयोग गर्ने, निर्यातका लागि सम्भावित थप वस्तुहरुको पहिचान गर्ने लगायतका योजना तय गरेको छ ।