विराटनगरमा  विद्यालय नाटक महोत्सवको आठौँं दिन शनिबार  ‘स्मार्ट बन्द   मञ्चन सम्पन्न भएको छ । 

हाटखोलास्थित गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा मोरङ ज्ञानोदय अंग्रेजी स्कुलले नाटक मञ्चन गरेको हो । निर्देशक विकास बुढाथोकीद्धारा लिखित तथा निर्देशित उक्त नाटकले  स्मार्ट फोनको वर्तमान अवस्था बालबालिकालाई के कस्ता पक्षले प्रभाव पारिरहेको छ र बालबालिकालाई सक्षम बनाउन कसले कस्तो भूमिका खेल्नुपर्छ भनी खोजी गर्ने प्रयास गरेको थियो । नाटकमा बिद्यालयका १९  जना बिद्यार्थीहरुले नाटक मन्चन गरेका थिए  ।

02

आरोहण गुरुकुल विराटनगरको आयोजनामा भदौ २२ गतेदेखि सुरु भएको महोत्सवमा विराटनगर, विराटचौक, बेलबारी र रङ्गेलीबाट १० विद्यालयहरुले दैनिक एक नाटक मञ्चन गर्दै आएका छन् । शनिबार मोरङ ज्ञानोदय सेकेण्डरी इङ्लिस स्कुलले स्मार्ट बन्द, आइतबार सुबिजिमुर मेमोरियल सेकेण्डरी स्कुलले ‘ज्ञ’ र अन्तिममा श्री एकता सेकेण्डरी स्कुलले ‘साबित्रीको बाख्रो’ मञ्चन गर्नेछ ।

04

महोत्सवमा उत्कृष्ट नाटक, उत्कृष्ट लेखक, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता तथा अभिनेत्रीलाई अवार्डको व्यवस्था गरिएको आयोजकले जनाएको छ । महोत्सवलाई किताब पसलले सहयोग गरेको छ भने बिराटनगर महानगरपालिकाले प्रवर्द्धक गरेको छ। 

01