बिर्तामोडको गिरीबन्धु टि–स्टेट नजिकै बिस्फोट भएको प्रेसर कुकर बम फेला परेको छ। 

बिर्तामोड ६ स्यालडागी  स्थित, गिरीबन्धु टि स्टेट प्रा.लि.भित्र रहेको शम्सेर एण्ड गंगादेबी टि–स्टेटको कम्पाउण्डको वाल बाहिर बिस्फोट भएको कुकर फेला परेको प्रहरीले जनाएको छ।

छत्रबाबु गिरीले सञ्चालन गर्दै आएको सो टि–स्टेटको  कम्पाउन्ड वाल बाहिर नेकपा (माओवादी) पूर्वी केन्द्रीय कमाण्डको पर्चा भेटिएको छ।

स्थानीयले बम बिस्फोट भएको खबर प्रहरीलाई गरेका थिए। आज बिहान ६ बजे घटनास्थल पुगेको प्रहरीले पर्चासहित बिस्फोट भएको कुकर बरामद गरेको छ।

प्रहरीका अनुसार  सो स्थानमा बिस्फोट भएको जस्तो नदेखिएको, अन्यन्त्र कतै बिस्फोट गराई विस्फोटमा प्रयोग भएको सामानहरू ल्याई राखिएको जस्तो देखिएको छ।