पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध कालोझण्डा देखाएर नाराबाजी गरिएको छ।

पार्टीको गण्डकी प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्न सोमबार पोखरा पुगेका सभापति लामिछानेलाई सहकारी पीडितले कार्यक्रम स्थल पोखरा महानगरपालिका–१७ बिरौटास्थित ग्यालेक्सी ब्यांक्वेटबाहिर कालो झन्डा देखाउँदै नाराबाजी गरेका हुन्।

पोखराको सूर्य दर्शन सहकारी संस्थाका बचतकर्ताहरूले कालोझण्डा देखाउँदै आफूहरूको बचत रकम फिर्ता गर्न माग गर्दै नाराबाजी गरेका थिए। सहकारी पीडितको प्रदर्शनका कारण सो क्षेत्रमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।