झापाको बिर्तामोडमा युवतीको विषयमा दुई समूहबीच ‘ग्याङ फाइट’ भएको छ। ‘ग्याङ फाइट’ को क्रममा एकजना घाइते भएका छन् भने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

सोमबार साँझ अन्दाजी ६ बजे बिर्तामोडको किरात चोकमा दुई अपरिचित पक्षबिच झडप भएको हो। युवतीको विषयमा अन्दाजी १०/१२ जना युवाबीच ग्याङ फाइट भएको बताइएको छ।

झडपमा बिर्तामोड-६ बस्ने ३७ वर्षीय जागिर हुसेन घाइते भएका छन्। उनलाई उपचारको लागि मनमोहन अस्पताल लगिएको छ। उनको बायाँ खुट्टा, घाँटी र टाउकोमा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

त्यस्तै, बिर्तामोड नगरपालिका-५ बस्ने अन्दाजी १८ वर्षीय अरुण राई , सोही ठाउँ बस्ने अन्दाजी १७ वर्षीय सबिन तामाङ र वडा नम्बर ४ बस्ने १३ वर्षीय राकिब आलमलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूको साथबाट एउटा फलामको कट्टी, एउटा फलामको रडको रोल बरामद भएको छ। तीन जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय अनारमनिमा राखिएको र अन्यको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।