बेलबारी नगर प्याब्सनअन्तर्गतका सस्थागतबिद्यालयकाबिद्यार्थीहरु बीचको अंग्रेजी हिज्जे प्रतियोगिता छनौट  सम्पन्नभएको हो । बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राईको प्रमुख अतिथ्यतामा आयोजित प्रतियोगिता बेलबारी–१ माअवस्थितआदर्श सेकेण्डरी स्कुलको सभाहलमा सम्पन्न भएको हो । कार्यक्रमको अध्यक्षता बेलबारी नगर प्याब्सनकाअध्यक्षभगवतीप्रसाद  घिमिरेले ग्रहण गरेका थिए । 

उक्त छनौटबाट छाटिएको उत्कृष्ट ५ विद्यालयलाई आगामी भाद्र २६ गते बिराटनगरमाहुने प्रतियोगिताकालागि पठाउने आयोजकले जनाएको छ।  कार्यक्रमलाई सम्बोधन गर्दै बिशिस्ट अथितिसमेत रहेका बेलबारी वडा नं. –३का वडाध्यक्ष योगेन्द्र प्रसाद सुबेदीले विगतको तुलनामा बेलबारीका विद्यालयहरु थप बलियो बन्दै गएको र यस किसिमका कार्यक्रमले बालबालीकाको विकासमा टेवा पुग्ने जिकिर गरे ।03

त्यस्तै, कार्यक्रमकै अर्का बिशिस्ट अथिति तथा एन.प्याब्सनमोरङका अध्यक्ष नारायण ढकालले बेलबारी नगरपालिकाले  संस्थागतबिद्यालयका शिक्षकहरुलाई केहि रकम छुट्याएर विज्ञहरुबाट तालिम लिने व्यवस्था गरिदिए शिक्षाको गुणस्तर सुधारमा सहयोग हुने जिकिर गरे । उनले पालिका स्तरबाट नीजि विद्यालयमा अनुगम गरि कमिकमजोरी र शैक्षिक सुधारमा भूमिका निर्वाह गर्न नगर प्रमुखलाई सुझाव दिएका छन् ।

कार्यक्रमका प्रमुखअथिति तथा बेलबारी नगरपालिकाका नगर–प्रमुख दिलप्रसाद राईले संस्थागत विद्यालयमा विद्यार्थी संख्या सानो भएपनि विद्यार्थीको भविष्य उज्जवल हुने गरि नतिजा निकाल्न आग्रह गरेका छन् । उनले नीजि विद्यालयले जागिरेलाई भन्दा पनि पढाउने गुरुहरुलाई कक्षाकोठामा स्थान दिन सुझाव दिएका छन् । 

साथै,  कार्यक्रमका बिशिस्ट अथितिजिल्लाप्याब्सन मोरङका सचिव जगत बस्नेतले मोरङ जिल्लामाभएका १७ वटा पालिकामध्ये प्याब्सनको क्षेत्रमा बेलबारी नगर प्याब्सनउत्कृस्ट भएकोमा गौराम्बीत महशुस भएको बताएका छन् । 02

प्रतियोगिताबाट बेलबारी -१ मा अवस्थित आदर्श सेकेण्डरी बोर्डीङ्ग स्कुल प्रथम ,बेलबारी-९ मा अवस्थित सन्साइङ्ग स्टार  बोर्डीङ्ग स्कुल दोस्रो ,बेलबारी-२ मा अवस्थित शिक्षा संदेश अंग्रेजी स्कुल तेस्रो ,बेलबारी-६ मा अवस्थित प्रगति  बोर्डीङ्ग स्कुल चौथो र बेलबारी -१ मा अवस्थित भानु मेमोरियल  बोर्डीङ्ग स्कुल पाचौ भएको थियो।  

कार्यक्रम बेलबारी नगर प्याब्सनका सचिव बिनोद भण्डारीले संचालन गरेका थिएभने  बेलबारी नगर प्याब्सनकाप्रमुख सल्लाहकार भुपाल बस्नेत,बेलबारी नगर एन .बेलबारी नगर प्याब्सनका  सल्लाहकार मणि तामाङ्ग ,   प्याब्सनकाअध्यक्ष पर्बत खालिङ्ग राई लगायतको उपस्थिति रहेको थियो।