सन् २०२६ मा हुने आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया क्षेत्र छनोट प्रतियोगिता नेपालले आयोजना गर्ने भएको छ । 

शनिबार नेपाल क्रिकेट संघ (क्यान)ले सामाजिक सञ्चाजलमा एक पोस्ट राख्दै विश्वकपको एसिया छनोट २०२५ नेपालले आयोजना गर्ने जानकारी दियो । 

नेपालले पहिलोपटक विश्वकपको एसिया क्षेत्र छनोट आयोजना गर्न लागेको हो । एसिया छनोट प्रतियोगिता आगामी अप्रिल १३ देखि २१ सम्म हुनेछ । 

एसिया छनोटमा आयोजक नेपालसँगै अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) सहभागी हुनेछन् ।  

एसिया क्षेत्र छनोटमा विजयी टोली सन् २०२६ मा हुने आईसीसी यू–१९ विश्वकपका लागि छनोट हुनेछ ।