काठमाडौं पुतलीसडकमा रहेको कान्तिपुर सिटी कलेजमा शुक्रबारदेखि जारी १७ औं ‘केसीसी एक्जिबिट २०२४’ शनिबार आज सकिदैछ । 

शनिबार गायिका एलिना चौहान, हास्यकलाकार जितु नेपालसहितका कलाकारहरुका प्रस्तुति, लाइभ म्यूजिक, केसीसी आइडलको फाइनल राउन्डको कार्यक्रम हुँदैछ ।

Photo (1) (1) 2

कलेजकै विद्यार्थीहरुले तयार गरेका विज्ञान, प्रविधि तथा सूचना प्रविधिको विकासमा भएका उपलब्धि र अवसरहरु, नेपालको दीर्घकालीन विकास संरचनाका नमुनाहरु, बजार र बजार व्यवस्थापनका सीप, दक्षता र सम्भावनाका नमुनाहरु प्रदर्शनमा छन् ।

कलेज प्राङ्गणमै चलिरहेको  प्रदर्शनीमा विद्यार्थीहरूले आफ्ना नयाँ–नयाँ प्रोजेक्टहरू प्रदर्शन गरिरहेका छन् । 

Photo (2) (1)

इन्जिनियरिङतर्फका सिग्नेचर, ब्रिज, वेष्ट म्यानेजमेन्ट सिस्टम, ग्वार्कोको फ्लाइओभर, तीनकुने टनेल, बानेश्वरको ट्राफिक मेनेजमेन्ट विदाउट लाइट, पोड वे ट्रान्सपोर्टेसन सिस्टम, नागढुङ्गा टनेल लगायतका प्रोजेक्ट राखिएका छन् ।

यसैगरी आइटीतर्फ एआईको प्रयोगलगायत विविध विधाका ३० भन्दा बढी स्टल छन् । 

फायर डिटेक्सन एण्ड अलार्म सिस्टम, भिजिटर लग सिस्टम, रेन्ट रोबर, च्याट नेक्सस बिजिनेस, भेइकल नम्बर प्लेट डिटेक्सन, भिजिटर काउन्टर, फेस रिकनाइजेसन सिस्टम, मुड अनुसार गीत बजाउने सिस्टम र फुड स्टलमा विद्यार्थीहरु बढी आकर्षित छन् ।