नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । 

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर र यूरोको विदेशी विनिमयर दर घट्दा बेलायती पाउण्ड बढेको छ । कतारी रियालको खरिद दर स्थिर रहँदा बिक्री दर भने बढेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०१ पैसा र बिक्री दर १३४ रुपैयाँ ६१ पैसा पुगेको छ ।

त्यस्तै, युरो एकको खरिद दर १४७ रुपैयाँ २८ पैसा र बिक्री दर १४७ रुपैयाँ ९४ पैसा रहेको छ 

यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ ९२ पैसा र बिक्री दर १७३ रुपैयाँ ६९ पैसा पुगेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७५ पैसा र बिक्री दर ३६ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।