नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । 

बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलको प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलको प्रतिलिटर ३ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो ।

नयाँ मुल्य अनुसार अब काठमाडौँमा पेट्रोलको प्रति लिटर १६५ र डिजल तथा मट्टीतेलको प्रति लिटर १५५ रुपैयाँ पर्ने भएको छ । 

घटेको मूल्य आज राति १२ बजेदेखि लागु हुनेछ । निगमले भारतबाट आएको नयाँ मुल्य सूचीमा पेट्रोल प्रतिलिटर ५ र डिजल तथा मट्टीतेल प्रतिलिटर २ रुपैयाँ ९६ पैसाले घटेर आएको जनाएको छ ।

साथै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका लागि रु १ सय ५५ रहेकामा रु १ सय ५२ कायम गरिएको छ । साथै दोस्रो वर्गका लागि रु १ सय ५७ रहेकामा रु १ सय ५४ र तेस्रो वर्गका लागि रु १ सय ५८ रहेकामा रु १ सय ५५ कायम गरिएको निगमले जनाएको छ ।