मोरङ नेत्रहीन सङ्घको २१औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। बेलबारी ३ अवस्थित सङ्घकै सभा हालमा सम्पन्न भएको हो। बेलबारी नगरपालिकाका नगर–प्रमुख दिल प्रसाद राईको प्रमुख अथितित्यता तथा मोरङ नेत्रहीन सङ्घकी अध्यक्ष सिता बराइलीको अध्यक्षतामा सम्पन्न भएको हो।  

उक्त साधारण सभाबाट सङ्घका संस्थापक सदस्य  खडक प्रसाद पौडेल र  दृष्टि विहीन ज्येष्ठ नागरिक तुलाराम सुनदास, देवा नेपाल र आजीवन सहयोगी सदस्य अम्बिका सुबेदीलाई सम्मान गरेको थियो। त्यस्तै, मोरङ जिल्लामा अध्ययनरत दृष्टि विहीन बिद्यार्थीहरु रियास राई ,सतु पण्डित ,सुजन परियार र राजेश योगीलाई ४४०० सयको दरले छात्रवृत्ति वितरण गरेको थियो। 

उक्त साधारण सभा बाट नया कार्य समिति चयन समेत गरेको थियो उक्त समितिबाट अध्यक्षमा भोज बहादुर भुजेल ,उपाध्यक्षमा राजु भट्टराइ ,सचवमा भुवन राई ,कोषाध्यक्ष दुर्गा नाथ योगी ,सह सचिवमा इस्वोरी कुमारी सत्याल ,सदस्यहरुमा इन्दिरा फोम्बो ,रबिना लिम्बु ,गोबिन राई ,नेत्र प्रसाद गुरागाईं जीवन जिभी र रिना राईले नया कार्यसमितिका लागि चयन भएका छन्।   

मोरङ नेत्रहीन सङ्घका सचिव मरेंद्र प्रसाद ढकालले वार्षिक प्रगति प्रतिवेदन तथा भावी कार्यक्रमका योजनाका प्रस्तुत गरेका थिए। सचिव ढकालले बेलबारी नगरपालिकाको आर्थिक सहयोगमा २०८० जेठ महिनामा उत्तर तर्फको भवनमा अगाडीको भागमा दुई वटा आल्मोनियमको झ्याल जडान साथै दुई वटा ट्वाइलेट–बाथरुमलाई प्रयोग गर्न मिल्ने गरी निर्माण,स्वर्गीय हरिप्रसाद सुबेदी स्मृति कोषमा रु ८२१०० थपी कुल रु ५०,५००० पु¥याउन सफल भएको र अझ वृद्धिका लागि दाता खोजी रहेको,२०८० मङ्सिर १७ गतेका दिन ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा विभिन्न अपाङ्गता मैत्री खेलकुद आयोजना गरी मनाइएको थियो  जसमा राष्ट्रिय अपाङ्ग महासङ्घ सङ्घीय  कार्यालय र बेलबारी वडा नं. ३ को आर्थिक सहयोग ,दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिलाई स्वरोजगारमा पहुँच वृद्धि गर्ने उद्देश्यले नेपाल नेत्रहीन केन्द्रबाट वार्षिक रूपमा प्रदान गरिने कोशे ढुङ्गा बिउ पुँजी कार्यक्रममा मोरङका ४ जना सदस्य लाभान्वित गराउन सफल जस्ता कार्य गरेको प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै सचिव ढकालले मोरङ जिल्लाका १७ वटै पालिकाका खोजी दृष्टि अपाङ्गता भएका व्यक्तिहरूको तथ्याङ्क सङ्कलन गर्ने ,साधारण सदस्य तथा दृष्टि अपाङ्गता र अन्य अपाङ्गता भएका ब्याक्तिहरुको नेतृत्व विकासका लागि तालिम सञ्चालन गर्ने ,अपूर्ण भवनको बाँर्की काम सम्पन्न गर्न दात्रि निकायसंग सहकार्य गर्ने जस्ता भावी योजना प्रस्तुत गरेका थिए।

hhhhh

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिति दिल प्रसाद राइले संघको स्थापना पछि नियमित रुप मा नियमित रुपमा साधारणसभा र अधिवेसन सम्पन्न गर्ने बेलबारीमै नमुना सस्थाको रुपमा रहेको जिकिर गरे छन्।  ३ बर्षमा हुनु  पर्ने साधारणसभा व्यक्तिगत स्वार्थले गर्दा १२ बर्ष सम्म नभएको साधारण सभा नगर प्रमुख भएर आएदेखि धेरै त्यस्ता क्रोनिक सस्थाहरुको साधारण सभा सम्पन्न गराएको बताएका छन्। 

त्यस्तै सस्थाका  अध्यक्ष सिता बराइलीले समाजले हाम्रो सस्थालाई देशको एउटा नमुना सस्था रहेको बुझेका छौ।  यस सस्था अझ बलियो बनाउन सम्पूर्णको साथ् सहयोगको बिना बन्न नकिने बताईन।  

उक्त कार्यक्रमका लागि रास्ट्रीय अपाङ्ग संघ संघिय कार्यालय र नेपाल नेत्र हिन सघ केन्द्रिय कार्यालय काठमान्डौले आर्थिक सहयोमा संचलान भएको थियो।  कार्यक्रमा रास्ट्रीय अपाङ्ग संघ केन्द्रिय बरिष्ट उपाध्यक्ष राम कार्की ,नेपाल नेत्र हिन संघ केन्द्रिय सचिव कला धर भण्डारी ,लगायतको उपस्थिति रहेको थियो।