प्रहरीले ग्रीन कार्डको प्रलोभनमा पारी मौरिसस पुयाई मानब बेचबिखन गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झापा कमल गाउँपालिका–१ घर भएका ५४ वर्षीय बुद्धिराज न्यौपानेलाई रहेका छन्।
प्रहरीका अनुसार पीडित गत असार २० गते नेपाल फर्किई उजुरी दिएपश्चात मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ गोकर्णेश्वर नगरपालिका–७ गौरीघाटबाट पक्राउ गरेको हो।
न्यौपानेले मासिक ७० हजार रूपैयाँ तलबमा कुकको काममा लगाइदिने तथा काम गरेको केही समयपछि ग्रिन कार्ड समेत पाइने भनि प्रलोभन देखाई २ लाख ५० हजार रूपैयाँ लिई २०८० मंसिर १३ गते नेपालबाट भारतको नयाँ दिल्ली हुँदै मौरिसस पुयाई मौरिसियन नागरिकको जिम्मा लगाई दैनिक १७/१८ घण्टा घरको काम लगाई समयमा खाना खान र तलब समेत नदिई चरम श्रम शोषण तथा यौन शोषण गरेको प्रहरीले जनाएको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।