बेलबारी
मोरङको बेलबारी ३ करमडाँडा स्थित अन्दाजी ३ देखी ४ वर्षको पोथी छावा बिहान ६ बजेतिर मृत अवस्थामा भेटिएको छ । स्थानीय अनिता थापा र रेखा थापाको निजी वनमा हात्तीको छावा मृत फेला परेको बेलबारी नगरपालीका ३ का वडा अध्यक्ष योगेन्द्र प्रसाद सुवेदीले जानकारी दिनुभयो ।
सबडिभिजन वन कार्यालय बेलबारी, इलाका प्रहरी कार्यालय बेलबारी र सशस्त्र प्रहरी वेस क्याम्प लक्षीमार्गकोे टोलीले घटनास्थल पुगेर मुचुल्का उठाउन सुरु गरेको डिभिजन वन कार्यालय मोरङका निमित्त प्रमुख हेमन्त पराजुलीले बताउनुभयो । डिभिजन वन कार्यालय मोरङको टिमा समेत घटना स्थलमा आईपुगेको उहाँले बताउनुभयो ।
उक्त हात्ति मृत्युको कारण भने खुल्न नसकेको पराजुलीले बताउनुभयो । सुनसरीस्थित कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा रहेको राष्ट्रिय प्रकृती संरक्षण कोषको टोली पनि घटनास्थलमा आउने क्रममा रहेको पराजुलीले बताउनुभयो । मृतक हात्तिकोे मृत्युको कारण अनुसन्धानपछि मात्रै पत्ता लाग्ने उहाँको भनाइ छ ।