मुलुकभर हैजा संक्रमितको सङ्ख्या २७ पुगेको छ। 

स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार  मुलुकभर संक्रमितको सङ्ख्या २७ पुगेको हो।  

सबैभन्दा बढी ललितपुरमा १६ र काठमाडौँमा एक गरी उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ। 

यसैगरी कैलालीमा आठ र प्युठानमा दुई जनालाई हैजा पुष्टि भएको छ। भक्तपुर चाँगुनारायणका एक जनालाई हैजा पुष्टि भए पनि उनको ललितपुरमै गणना गरिएको छ।

गर्मी र बर्खाको समयमा झाडापखाला, हैजा तथा पानीजन्य रोग फैलिने हुँदा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। महाशाखाले हैजासम्बन्धी कुनै पनि लक्षण देखिएमा नजिकैको स्वास्थ्य कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ।