गएराती परेको अविरल वर्षाका कारण काठमाडौँको टेकु क्षेत्र डुबानमा परेको छ।
नदीको बाढी बस्तीमा पछेपछि टेकु क्षेत्र जलमग्न भएको हो। शुक्रबार रातिदेखि काठमाडौँ उपत्यकामा निरन्तर वर्षा भइरहेको छ। वर्षाका कारण उपत्यकाका धेरै क्षेत्रहरू डुबानमा परेका छन्। टेकु क्षेत्रको बस्ती बिहानबाटै डुबानमा परेको थियो। ती क्षेत्रमा उद्धारका लागि प्रहरीसमेत पुगेको थिए।