इजरायलका प्रधानमन्त्री बेन्जामिन
नेतान्याहुले अमेरिकी संसद्को संयुक्त बैठकलाई सम्बोधन गरेका छन्।
बुधवार करिब एक घण्टा सम्बोधनको अवधिमा इरानलाई अमेरिका र इजरायलको सबैभन्दा ठुलो शत्रु भएको बताए ।
नेतान्याहु
ले अमेरिकी सांसदहरूलाई अब विजय धेरै नजिक रहेको बताउँदै हमासको पराजय इरानका लागि ठुलो झट्का हुने दाबी गरे।
उनले हिजबुल्लाहलाई कुल्चने धम्की दिए र इजरायलले आफ्ना जनतालाई सुरक्षित राख्न सबै आवश्यक कदम चाल्ने बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन ।
नेतान्याहुले इरानलाई अमेरिका, इजरायल र अरब देशका लागि चुनौती रहेको बताउँदै यस्तो बेला अमेरिका र इजरायल एकसाथ उभिनुपर्नेमा पनि जोड दिए।
प्रधानमन्त्री नेतन्याहु अमेरिकी संसदमा पुग्दा उनलाई २ मिनेट १६ सेकेन्डको स्ट्यान्डिङ ओभेशन दिइएको थियो । सो क्रममा केही सांसदहरूले गाली पनि गरेका थिए । संसदमा ए लोन मस्क पनि अतिथिको रूपमा उपस्थित भएका थिए ।
नेतान्याहुले सेप्टेम्बर ११ जस्तै अक्टोबर ७ इजरायलीहरूका लागि कालो दिन भएको बताएका छन् । अमेरिकाको न्यूयोर्कमा सन् २०११ सेप्टेम्बर ११ मा आतङ्कवादी हमला भएको थियो ।
यसैगरी बन्धकहरूलाई रिहा गर्ने प्रयास भइरहेको बताउँदै अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्धकहरूलाई मुक्त गर्न गरेको प्रयासको पनि प्रशंसा गरेका छन् ।
नेतान्याहुले युद्ध समाप्त भएपछि माजा सरकार गठन गर्नेले इजरायललाई कहिल्यै पनि हानि गर्ने प्रयास नगर्ने बताएका छन् । यसैगरी उनले अमेरिकासँग सैन्य सहायता बढाउन पनि माग गरेका छन् ।