महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल यस बेला शोकमा डुबेको छ ।
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका १८ जनाको शव पोस्टमार्टम र पहिचानका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको हो ।
शव अस्पताल ल्याएपछि शोकमा डुबेका मृतकका परिवारहरूको रुवाबासीले अस्पताल शोकमा डुबेको हो । अस्पतालमा शवहरूको पोस्टमार्टम सुरु भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार दुर्घटनामा अमित मान महर्जन, सागर आचार्य, दिलीप बर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीपलाल जोशी, सर्वेश मरासैन, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौड्याल, सन्तोष महतो, पुण्य रत्न शाही, अरेफ रेडा (विदेशी) को–पाइलट एस. कटुवालले ज्यान गुमाएका छन् ।