स्वतन्त्र विद्याथी युनियन बेलबारी बहुमुखी क्यामपसको आयोजनामा एक दिने तनाव व्यवस्थापन तथा मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।

आज शनिबार क्याम्पसको सभाहलमा अयोजना गरिएको उक्त कार्यक्रमको सहजिकरण दिपक तिम्सिनाले गरेका हुन् । समाजमा विद्यमान मानसिक स्वास्थ्य सम्बन्धी समस्याबारे जानकारी दिन उक्त कार्यक्रमको आयोजना हुँदै गर्दा मानिसले आफुमा रहेको समस्या पहिचान गर्न र आत्मविश्वास वढाउन सक्नेमा आफु विश्वस्त रहेको कार्यक्रमका सहजकर्ता दिपक तिम्सिना बताउँछन्। 

imageमानिसहरुमा रहेको व्यस्तता र भाग दौडका कारण मस्तिस्कमा उत्पन्न हुने समस्या समाधान गर्न चिकित्सा विज्ञानको क्षेत्रमा धेरै कदम चालिए पनि त्यसले सोचे अनुरुपको प्रगती गर्न सकेको छैन । यस किसिमका कार्यक्रमको आयोजना हुँदै गर्दा मानिसले आफुमा रहेको समस्या पहिचान गर्न र आत्मविश्वास वढाउन सक्नेमा आफु विश्वस्त रहेको कार्यक्रमका सहजकर्ता दिपक तिम्सिना बताउँछन्।

कार्यक्रममा बेलबारी बहुमुखी क्यामपसका प्राध्यापक, विद्यार्थी तथा स्थानीयहरुको सहभागिता रहेको थियो । उनीहरुले कार्यक्रमा सहभागिता जनाउँन पाउँदा खुसी व्यक्त गरेका छन् ।