दुबई जान लागेका गायक राजेश पायल राईले अत्यधिक मदिरा सेवन गरेको भेटिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ।

गायक राई बिहीबार बिहान १० बजे फ्लाइ दुबई एयरबाट दुबई जान लागेका थिए।

तर उनले अत्यधिक मदिरा सेवन गरेको थाहा पाएपछि एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयको जिम्मा लगाइदिएको थियो।

मदिराको नशा सकिएपछि उनी अर्को फ्लाइटमार्फत जान सक्ने प्रहरीले जनाएको छ। उनी मदिरा सेवनकै कारण पटकपटक विवादमा आउने गरेका छन्।