भारतमा चरम गर्मीका कारण ३७१ भन्दा बढीको मृत्यु भएको छ। धेरै मृत्यु उत्तर प्रदेश, बिहार, राजस्थान, हरियाणामा भएका छन्। मृतकहरु अधिकांश सडकमा बेवारिसे जीवन बिताउनेहरु रहेका छन्।

मृत्युको कारण पोष्टमार्टम रिपोर्टपछि मात्र थाहा हुने भएतापनि चिकित्सकहरुले पनि अत्यधिक गर्मी र लु कै कारण भारतमा मानिसहरुको ज्यान गइरहेको बताएका छन्। अस्पतालहरुमा गर्मीका कारण बिरामी परेकाहरुको चाप पनि अत्यधिक छ।