नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले अमेरिका र र वेस्टइन्डिजमा जारी टी(२० विश्वकपमा समूहका सबै तीन खेलमा हारेर फर्किएपछि ब्याटिङमा सोचेजस्तो राम्रो गर्न नसकेको स्वीकारेका छन्।

नेपालले समूह चरणका अन्तिम दुई खेलमा टेस्ट टोलीविरुद्ध बलिङतर्फ कडा टक्कर दिएको थियो। तर ब्याटिङक फ्लप सावित हुँदा ‘सुपर एट’मा नपुगी घर फर्किएको छ। एसोसियट राष्ट्रबाट अमेरिकाले अन्तिम ८ को यात्रा गरेको छ।

बिहीबार भएको पत्रकार सम्मेलनका क्रममा रोहितले पिचको अवस्था र नेपालको ब्याटिङ लाइनअप चल्न नसक्दा हार भोग्न बाध्य भएको बताए । ‘त्यहाँको सर्फेस नै ब्याटिङका लागि च्यालेन्जिङ थियो’, उनले हारबारे व्याख्या गरे।

ब्याटिङतर्फ गतिलो प्रदर्शन गर्न नसक्नु नै हारको कारण भएको पनि उनले स्वीकारेका छन्।

पौडेलले कुनै पनि खेलाडी आफ्नै देशलाई हराउन मैदान नछिर्ने तर्क गरे। उनले देशलाई जिताउनकै लागि खेलाडीहरूले सक्दो कोसिस गर्ने पनि बताए । खेलाडीहरूलाई लगाइने अनावश्यक आरोपले मनोबल कमजोर हुने पनि उनले बताए।

आगामी दिनमा क्रिकेटमा आउन चाहनेहरूलाई पनि यस्ता आरोपले असर गर्ने बताउँदै खासगरी गुलशन झाप्रति गरिएको टिप्पणी र आलोचना गलत रहेको उल्लेख गरे।