कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३५ अर्ब २७ करोडको बजेट ल्याएको छ ।
शनिबार आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले चालु आर्थिक वर्षको भन्दा एक अर्ब कमको बजेट प्रदेशसभा बैठकमा प्रस्तुत गरेका हुन् ।
चालू आर्थिक वर्षका लागि कोशी सरकारले ३६ अर्ब ७४ करोडको बजेट ल्याएको थियो । प्रदेश सरकारले आगामी वर्षका लागि चालुतर्फ १४ अर्ब ४७ करोड ३० लाख र पुँजीगत तर्फ १६ अर्ब २० करोड र वित्तीय व्यवस्थातर्फ ४ अर्ब ५८ करोडको बजेट विनियोजन गरेको छ ।
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँ बजेट ल्याएको छ ।
शनिबार आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले चालु आर्थिक वर्षको भन्दा दुई अर्ब कमको बजेट प्रदेशसभा बैठकमा प्रस्तुत गरेका हुन् ।
चालू आर्थिक वर्षका लागि कर्णाली सरकारले ३३ अर्बको बजेट ल्याएको थियो । प्रदेश सरकारले आगामी वर्षका लागि चालुतर्फ ७ अर्ब ५७ करोड ५५ लाख १२ हजार र पुँजीगत तर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार र वित्तीय व्यवस्थातर्फ २९ करोडको बजेट विनियोजन गरेको छ ।
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३१ अर्ब ३२ अर्ब ९६ करोड ८५ लाख बजेट ल्याएको छ ।
शनिबार आर्थिक मामिला तथा योजना मन्त्री टकराज गुरूङले चालु आर्थिक वर्षको भन्दा ८५ कारोड कमको बजेट प्रदेशसभा बैठकमा प्रस्तुत गरेका हुन् ।
चालू आर्थिक वर्षका लागि गण्डकी सरकारले ३३ अर्ब ८२ कारोडको बजेट ल्याएको थियो । प्रदेश सरकारले आगामी वर्षका लागि चालुतर्फ १३ अर्ब १६ करोड र पुँजीगत तर्फ १९ अर्ब ५१ करोडको बजेट विनियोजन गरेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३१ अर्ब ६२ करोडको बजेट ल्याएको छ ।
शनिबार आर्थिक मामिला तथा योजना मन्त्री सुरेन्द्रबहादुर पालले चालु आर्थिक वर्षको भन्दा दुई अर्ब ३६ करोड बढीको बजेट प्रदेशसभा बैठकमा प्रस्तुत गरेका हुन् ।
चालू आर्थिक वर्षका लागि सुदूरपश्चिम सरकारले २९ अर्ब २६ करोडको बजेट ल्याएको थियो । प्रदेश सरकारले आगामी वर्षका लागि चालुतर्फ ११ अर्ब ७ करोड १९ लाख ६३ हजार र पुँजीगत तर्फ १७ अर्ब ५३ करोड ८ लाख ५५ हजार र वित्तीय व्यवस्थातर्फ १० करोडको बजेट विनियोजन गरेको छ ।
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३८ अर्ब ९५ करोड ९५ लाख ३६ हजार रुपैयाँको बजेट ल्याएको छ ।
शनिबार आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले चालु आर्थिक वर्षको भन्दा दुई अर्ब कमको बजेट प्रदेशसभा बैठकमा प्रस्तुत गरेका हुन् ।
चालू आर्थिक वर्षका लागि लुम्बिनी सरकारले ४० अर्ब ४६ करोड ८९ लाख ५७ हजार रुपैयाँको बजेट ल्याएको थियो । प्रदेश सरकारले आगामी वर्षका लागि चालुतर्फ ११ अर्ब २४ करोड २७ लाख र पुँजीगत तर्फ २४ अर्ब ५८ करोडको बजेट विनियोजन गरेको छ ।
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँको बजेट ल्याएको छ ।
शनिबार आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले चालु आर्थिक वर्षको भन्दा करिब २ अर्ब रुपैयाँ बढीको बजेट प्रदेशसभा बैठकमा प्रस्तुत गरेका हुन् ।
चालू आर्थिक वर्षका लागि बागमती सरकारले ६२ अर्ब ७१ करोड बजेट ल्याएको थियो । प्रदेश सरकारले आगामी वर्षका लागि चालुतर्फ २६ अर्ब १० करोड १६ लाख ८२ हजार रुपैयाँ र पुँजीगत तर्फ ३६ अर्ब ९३ करोड ८७ लाख ४९ हजार र वित्तीय व्यवस्थातर्फ १ अर्ब ५० करोडको बजेट विनियोजन गरेको छ ।
मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रुपैयाँको बजेट ल्याएको छ ।
शनिबार आर्थिक मामिला तथा योजना मन्त्री भरतप्रसाद साहले आगामी वर्षका लागि चालुतर्फ १६ अर्ब ७ लाख १ हजार रुपैयाँ र पुँजीगत तर्फ २७ अर्ब ८९ करोड १४ लाख ६९ हजार बजेट विनियोजन गरेको छ ।