त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार आपतकालीन विमान दुर्घटना उद्धारको पूर्वाभ्यास गरिएको छ।

अन्तर्राष्ट्रिय मापदण्ड र व्यवस्थाअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्ण स्केल आपतकालीन अभ्यास प्रदर्शनी गरिएको हो। विमान दुर्घटना हुँदा के गर्ने, विमानमा आगो लागेमा कसरी निभाउने, सम्भावित घाइतेको उद्धार कसरी गर्ने भनेर पूर्वाभ्यास गरिएको हो।

Rescue-exercise-TIA-Nepal-4सो क्रममा नेपाली सेना, नेपाल प्रहरीलगायतका सुरक्षा निकाय, स्वास्थ्यकर्मी र अग्नि नियन्त्रकको टोलीले पूर्वाभ्यास गरेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले सूचना जारी गर्दै दिउँसो १ बजेदेखि १ः३० बजेसम्मलाई हवाई उडान बन्द गरिएको जनाएको छ।

विमानस्थल सङ्कटकालीन योजना उक्त अभ्यास गरिँदा आकाशमा कालो धुँवाको मुस्लो देखिएको थियो भने दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधि सक्रिय पारिएको थियो। 

Rescue-exercise-TIA-Nepal