एकिकृत हातेमाले समाज नेपाल जेष्ठ नागरिक दिवा सेवा केन्द्र बेलबारी-७ बाहुनी शाखाले एक दिने निशुल्क आँखा नाक कान घाटी सम्बन्धि निशुल्क स्वास्थ्य शिबिर सम्पन्न गरेको छ।
केन्द्रको सभा हलमा संचालित शिविरमा विराटनगर-१४ मा मलाया रोडमा अवस्थित दिब्य ज्योति अस्पतालले प्राविधिक सहयोग गरेको थियो। शिविरमा धेरै जसो जेष्ठ नागरिक, असक्त नागरिहरु अस्पतालसम्म पुगेर उपचार गर्न नसक्ने भएकाले त्यसलाई मध्ये नजर गर्दै निशुल्क ओपिडी कार्ड, ५० प्रतिसतमा आवश्यक पर्ने चस्मा व्यवस्था मिलाएको,औषधि निशुल्क वितरण गरिएको शाखा प्रमुख दुर्गा गिरिले उल्लेख गरिन।
शिविरमा खटिएका आँखा दृस्टी विशेषज्ञ डा. कृष्ण कुमार शाहले धेरै जसो मोतिया बिन्दु र आँखामा मासु पलाएको बिरामी भेटिएको छ उक्त बिरामीहरु अप्रेसन गर्न अस्पतालले जाने आउने,अप्रेसन,ल्याब प्रयोगशाला,आखाको लेन्सका लागि अस्पत्गल्ले ५००० मा गरि दिने उल्लेख गरे।
शिविरमा लाभ ग्राही बेलबारी ५ रामपुर निवासी इश्वर गिरीले अत्यन्तै निम्म बर्गका बिरामीहरु बाहिर गएर उपचार गर्न नसक्नेका लागि यो शिविर फल्दाही हो ,विराटनगर इटहरीको आँखा अस्पतालको सेवा सुविधा घरमै पाएको छ भन्दै सस्थालाई धन्यवाद दिएका छन्।शिविरबाट २०० जना भन्दा बढीले लाभ लिएका छन्।
यसका अतिरिक्त संस्थाले स्थानीय स्तरमा सञ्चालित विभिन्न खेलकुदसँग सम्बन्धित क्लबहरूलाई पनि फुटबल, भलिबल, जर्सी जस्ता खेलकुदका सामग्री पनि वितरण, वडा क्षेत्रका विद्यालयमा अङ्ग्रेजी माध्यममा पठनपाठन सञ्चालन गराउनका लागि पनि आर्थिक सहयोग,आधारभूत आवश्यकता पूर्ति गर्न नसक्नेलाई त्यस्तो आवश्यकता पूरा गर्न सहयोग गर्ने मात्र नभएर संस्थाले आफ्नै बजेट खर्च गरी स्थानीय ज्येष्ठ नागरिकहरूलाई वनभोज तथा तीर्थाटनमा पनि सहभागी गराउँदै आएको छ। केही दिनअघि मात्र ६० जना ज्येष्ठ नागरिकको समूहलाई काठमाडौँको तीन दिवसीय धार्मिक भ्रमण समेत गराएको छ।
संस्थाले जाडो याममा न्यानो कपडा वितरण गर्नुका साथै बिरामी पर्दा उपचारमा पनि सहयोग गर्दै आएको छ।