दाङको तुलसीपुर उपमहानगरपालिका-७ स्थित राप्ति राजमार्गमा बसको ठक्करबाट अटोमा सवार पाँच जना घाइते भएका छन्। 

शनिबार अपराह्न पौने ४ बजे तुलसीपुरबाट सल्यान जाँदै गरेको रा १ ख २०३७ नम्बरको बसले रा १ ह २२०७ नम्बरको अटोलाई ठक्कर दिएको हो। 

बसको ठक्करबाट अटोमा सवार पाँच जना घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए। गम्भीर घाइते‍मा २, ८ र १२ वर्षका बालक रहेको र  घाइतेहरुको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। 

घाइतेहरुको राप्ति प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ।