नेपाल पत्रकार महासंघको आज हुने भनिएको निर्वाचन अन्तिम समयमा स्थगित भएको छ। यसअघि महासंघको २७ औँ महाधिवेशनले आज (शनिबार) का लागि तय गरेको निर्वाचन असार महिनाका लागि सारिएको महासंघले बताएको छ।

मतदाता नामावलीमा देखिएको विवादका कारण चुनावको मिति सारिएको महासंघका अध्यक्ष विपुल पोखरेलले जानकारी दिए। उनका अनुसार विवाद समाधानको प्रयास जारी भएकोले अध्यक्ष मण्डलसँगको परामर्शमा मतदानको मिति सारिएको हो।

असार दोस्रो साताभित्र मतदान गर्ने उल्लेख भए पनि नयाँ मिति भने तोकिएको छैन। महासंघले नयाँ मिति तोक्न नसकेकाले चुनाव कहिले हुन्छ भन्ने अनिश्चित भएको हो।