भारतको जम्मु–कश्मीरको जम्मुमा बिहीबार सडक दुर्घटनामा २२ जनाको मृत्यु भएको छ। दुर्घटनामा ६९ जना घाइते भएका छन्। यात्री भरिभराउ रहेको बस जम्म–पूंछ राजमार्गको अखनूरमा पर्ने चूंगी मोडमा भीरबाट खसेको थियो।

बसमा ९१ जना सवार थिए। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको र केहीलाई जम्मू मेडिकल कलेज (जेएमसी) पठाइएको छ।

उत्तर प्रदेशको नम्बर प्लेट भएको सो बस हरियाणाको कुरुक्षेत्रबाट शिवखोडी धाम जाँदै गर्दा दुर्घटनामा परेको हो। तीव्र गतिमा गुडिरहँदा विपरीत दिशाबाट आइरहेको बसका कारण सन्तुलन गुमाएर बस भीरमा खसेको थियो।